Artist profile: Deepa Shree Niraula
Hometown – Biratnagar
Education – IA
First stage program – Dance in 2040 (BS) in Biratnagar
First tele-serial – Agnipath (2048 BS) – award winning acting
First Film – Naso, directed by Yadav Kharel (2054 BS)
अहिले की चर्चित हास्य कलाकार दीपा श्री निरौला
धनियाको रुपमा रेडियो नेपाल बाट कलाकारिता मा प्रवेश गरेकी दीपाले धरै चलचित्र र टेलिचलचित्रहरूमा अभिनय गरिसकेकी छिन् | दीपा हाल सबै भन्दा व्यस्त अभिनेत्री मा गनिन्छिन|
हाल उनि तितोसत्य नामक टेलिचलचित्रमा अभिनय र डिरेक्सनमा व्यस्त छिन् |
Part 1
Part 2
Part 3
Another interview by Manoj Gajurel for Damadol.com:
मनोजः के छ दीपाजी ?
दीपाः देखिरहनु भएको छ नि, मैले भन्नुपर्छ र ?
मनोजः म त देखिरहेको छु, तर अहिलेचाहीँ म डामाडोल डटकमका पाठककालागी तपाईँसँग कुरा गरिरहेको छु ।
दीपाःए, हो ?
मनोजः ए मात्र हैन, ए टु जेड हो ।
दीपाः छ्या….भन्नुस् न त मैले के भन्ने ?
मनोजः म जे जे सोध्छु, त्यसको सहि सहि जवाफ दिने, हुन्छ ?
दीपाः ल ल ।
मनोजः अहिले के गर्दैहुनुहुन्छ ?
दीपाः त्यही तितो सत्यलाई निरन्तरता दिँदैछौँ । आगामी श्रावण २५ गतेदेखी गाइजात्रा हुँदैछ , त्यसको पनि रिहर्लसल हुँदैछ । (यो त भन्नु पर्दैन होला हाउ, तपाईँ पनि त हुनुहुन्छ नि )।
मनोजः मेरो कुरो छँदैछ,तपाईँको बारेमा बताउनोस् न । दीपाः के के बताउनु त ? नाम दीपाश्री, घर बिराटनगर थर निरौला ।
मनोजः कलाकारको कुन लेभलमा पुगेजस्तो लाग्छ ? दीपाः (हा..हा…हा) लेभल सेभल त थाहा भएन, तर दर्शकहरुले मन पराइदिनुभएको छ,म गर्दैछु, त्यति हो ।
मनोजः साँच्ची, दीपाजीको पढाई कति रे ?
दीपाःअलि अलि पढिया छ ।
मनोजः अलि अलि भन्नाले ? अंकमा भन्नोस् न ।
दीपाः अंकमा……त्यस्तै हो १४, १५ कक्षा जति ।
मनोजःपरिवारमा अरु पनि कलाकार हुनुहुन्छ कि….?
दीपाःबिचरा…..म मात्रै हो ।
मनोजः बाटोमा हिडिरहेको बेला कसैले आइलव यु भन्यो भने…..?
दीपाः धन्यवाद भन्छु । बाँकी त्यतिनै बेलाको अवस्थामा निर्भर हुन्छ ।
मनोजः ए दीपा,अब बिहे गर्नेबेला भएन भन्या ?
दीपाः हेर्नोस् न, बिहेको बिषयमा चाहीँ मेरो पनि डामाडोल भैरहेको छ ।
मनोजः किन नि ?
दीपाः कार्यक्रमले गर्दा त्यतातिर सोच्न भ्याएकै छैन ।
मनोजः पिरिम सिरिम त चल्दै होला नि ?
दीपाः चल्दैछ तितो सत्यसँग ।
मनोजः तीतो सत्यको निर्देशकसँग कि तीतो सत्यसँग ?
दीपाः(गलललललल हाँस्दै) हैन हौ, कलाकारीतासँग ।
मनोजःलौ न यसो सानो एकपिस हँसाई दिनोस्
दीपाः पहिलो चोटी लाहुरेलाई देखेर
मो तो आएँ नदेखी भागेर
लाहुरेनीको करिम
लोग्नेजान्छ बिदेशको लाडाईमा
मो पारे दोधारमा ।
मनोजः श्रोता दर्शकलाई तपाईँको भन्नु केही छ कि ?
दीपाः सबैलाई आइलव यु । बिदेशमा पनि हाम्रो तीतो सत्य लोकपिरय छ रे भन्ने सुनेका छौँ । त्यसकालागी पनि दीपक, म र तीतो सत्य टिमको तर्फबाट धन्यवाद ।
मनोजःबिदशेका कुनै कार्यक्रम ?
दीपाःछैन अहिल । ( संझँदै) ए छ छ , भाद्र २३ गते हंगकंगमा छ ।
मनोजः डामाडोलका पाठकहरुले दीपाको ठेगाना बताई दिनोस् भनेर हैरान बनाई सक्नु भो, के गर्ने ?
दीपाःतपाईँ मार्फत पनि भेट भैहाल्छ , नत्र नेपालटेलिभिजनमा पनि म हाजीर छु ।




[...] best known for being lousy and arrogant son of Deepak Raj Giri and Deepa Shree Niraula in Tito Satya, Raj once burned his leg while filming for the serial. That was not the only accident [...]
[...] Deepa Shree Niraula [...]