Jitu_Nepal Jitu Nepal, popularly known as ‘Mundre’ in Jire Khursani is going to act in a movie in the lead role. He is acting in a movie named ‘Ke Saino le Bolau’, being produced in Sikkim, India. Sonia KC is acting with Mundre in the female leading role. More detail in Nepali follows:

विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेका व्यक्तिहरूलाई दर्शकले नचिन्ने त कुरै भएन त्यसमाथि पनि हास्य टेलिचलचित्रको त झन बेग्लै पहिचान रहेको छ । कुरो हो हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’को नेपाल टेलिभिजनमा प्रत्येक सोमबार प्रसारण हुने हास्य टेलीचलचित्रबाट दर्शकसामु निकट मानिएका हास्य कलाकर ‘मुन्द्रे’ विभिन्न टेलिचलचित्रको पर्दामा पनि नदेखिएका भने होइनन् ।Jitu_Nepal_2

जसरी जिरे खुर्सानीबाट मुन्द्रेको नामले आम दर्शकहरूलाई मज्जा दिइरहेका छन् त्यसरी नै अन्य टेलिचलचित्रमा भने छाएका छैनन् उनले। चर्चित हास्य टेलिशृंखला जिरे खुर्सानीबाट झन चर्चामा शिखरमा पुगिरहेको बेला ‘जिरे खुर्सानी’को ‘मुन्द्रे’ अर्थात जितु नेपाल अब चलचित्र क्षेत्रमा नायकको रुपमा देखा पर्न लागेका छन्। सिक्किमबाट बनेको नेपाली चलचित्र ‘के साइनोले बोलाउ’मा जितु नायकको रुपमा देखिन लागेका हुन् । यो चलचित्रमा जितु नायक भएपनि केवल मसालेदार नायक अर्थात अहिले चल्तीमा रहेको नायकको रुपमा नभएर कमेडियन शैलीको नायक रुपमा प्रस्तुत हुनेछन्। त्यसो त अहिले चल्तीमा रहेका नायकहरूले जस्तै गरी ‘के साइनोले बोलाउँ’मा जितुले माया–प्रेम हासो–ठट्टा, रोमान्स, एक्सन सबै गर्छन तर उही मुन्द्रेको शैलीले। मुन्द्रे अर्थात जितु आफू नायक भएको चलचित्रको बारेमा भन्छन्–’नायकले गर्ने सबैथोक मैले यो चलचित्रमा गरेको छु।

तर आफ्नो स्टाइल नछोडी।’ चलचित्रमा उनी टिम्मुरेको भूमिकामा प्रस्तुत भएका छन्। एउटा विकट गाउँको सोझो र उट्टेउलो टिम्मुरे, त्यही गाउँकै जमिनदारकी छोरीलाई ताक्छ, साइड दिन्छ। जमिनदारकी छोरी पनि उबाट हुरुक्कै हुन्छे। तर जमिनदार उसलाई छोरी दिन तयार भने हुँदैन। टिम्मुरेले जमिनदारकी छोरी पाउनलाई अनेक गर्छ। त्यसपछि के हुन्छ, कथाले नयाँ मोड लिन्छ। ‘के साइनाले बोलाउँ’ मा जितु प्रमुख नायक छन् भने साइड नायकको रुपमा उत्तम प्रधान छन्। जितुकी नायिका सिरियल किसर सोनिया केसी छि्न्। सोनियासँग उनको नाचगान पनि छ। जितुको भागमा यस चलचित्रमा दुईवटा गीत भागमा परेका छन्। जवानदेखि बुढोको गेटअपसम्म देखिने जितुका दुईमध्ये एउटा बुढो भएपछि जवानीलाई सम्झेर नाच्ने गीत छ भने अर्का प्रेम र रोमान्समा मग्न भएर नाच्ने गीत छ। ‘बुढो भएर जवानी सम्झँदै र्यािप हान्दै नाच्ने गीतमा त गाह्रो परेन, तर डोयट संगमा त मर्नुनै पर्योत हो’ जितु भन्छन् ‘जमानामा सिकेको नाच अलिअलि काम आएपनि नाच्न गाह्रो पर्यो।’ उनी नृत्यको सुटिङ्ग सम्झेर हास्दै भन्छन्–’सोनिया अग्ली हगी आफू होचो, हाइट नमिलेर हैरान।

म होचो भएकाले डान्स डाइरेक्टर कमल राई र क्यामराम्यान शिव ढकाललाई सट लिन पनि गाह्रो भयो। कतिपय सटमा त मलाई ट्रलीमा उभ्याएर सोनियालाई भुँइमा राखेर पनि सट लिएको छ।’ चलचित्रमा जितुको सेड्डयुल २० दिनको परेको थियो। धन्न लन्डनमै खिचेर ल्याएको जिरे खुर्सानीको एपिसोड बाँकी थियो र सजिलो भयो। तैपनि दिल्लीमा सो परेकोले दुई सेड्डयुलमा काम गर्नुपर्यो्। उनले यस चलचित्रको सुटिङ्ग पुरा गरी डबिङ्गसमेत सकाइसकेका छन्। जितुले आफ्नो डबिङ्ग आफैं गरेपनि सोनियाको डबिङ्ग भने नायिका रञ्जु लामिछानेले गरेकी छिन्। चलचित्रको अहिले मिक्सिङ कार्य भइरहेको छ।

Incoming search terms:

5 Responses to “Jitu Nepal, Mundre, to be a ‘Hero’”

  1. Bal Subedi says:

    sup dude

  2. [...] Subba, Chetbahadur Singh, Rabiu Sharma, Shreeprasad Thapa, RP Bhattarai, Shreeram Pudasaini, Jitu Nepal, and Deepak [...]

  3. [...] director of Jire Khursani, Jitu Nepal, told that they did the program in their own cost to share their happiness with the not-so-lucky [...]

  4. [...] Subba, Chetbahadur Singh, Rabiu Sharma, Shreeprasad Thapa, RP Bhattarai, Shreeram Pudasaini, Jitu Nepal, and Deepak [...]

Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

© 2012 SerialSansar - Nepali TV serials Privacy Policy of Serial Sansar