Dhurmus and Suntali

Suntali and Dhurmus

Comedy actor Sitaram Kattel, popularly known as Dhurmus in Meri Bassai, talks about his career.

० आज भोलि कता ब्यस्त ?
- धेरैजसो स्टेज कार्यक्रममै ब्यस्त छौं । मेरी बास्सैको सुटिङ त मुख्य भैहाल्यो ।

० स्टेज कार्यक्रममा धेरै ब्यस्त भएजस्तो छ नि ?

- हो, महिनामा धेरै जसो जिल्ला बाहिर नै हुन्छौं । अनि बेलाबखत देश बाहिरका कार्यक्रममा पनि सहभागी भै नै रहेका छौं ।

० डिमाण्ड निक्कै बढे जस्तो छ ?
- मेरी वास्सै टिपीकल गाँउले कथामा आधारित छ । यसका दर्शक गाँउमा धेरै छन् । उपत्यका बाहिर सर्वाधिक मन पराइएको कार्यक्रम पनि हो यो । त्यसैले दर्शकको डिमाण्ड अनुसार जिल्लाका कार्यक्रम बढी बोलाउने गर्छन ।

० एउटा स्टेज कार्यक्रममा देखिएको कति दाम लिनुहुन्छ ?
- ठ्याक्कै यति भन्ने त छैन । आयोजक र ठाँउअनुसार हाम्रो बजेट निर्धारण हुने गर्छ, तर अहिले स्टेज कार्यक्रम गर्ने कलाकारमा बढि नै पारिश्रमिक लिने कलाकारमा पर्छौ हामी ।

० कति भयो कला क्षेत्रमा आउनु भएको ?
- कला क्षेत्रमा लागेको त छ वर्ष भयो । गीतान्जली भन्ने नेपाल टेलिभिजनको कार्यक्रमबाट यस क्षेत्रमा लागेको हुँ वि.स २०५९ सालमा केदार घिमीरे ‘माग्ने बुढो’सँग जोडी बाँधेर यस क्षेत्रमा सक्रिय रुपमा लागेको हो ।

० केदारसाग तपाइको सम्बन्ध राम्रो छैन भन्ने चर्चा सुनिन्छ नि ?
- सँगै सुत्दा, सुतेको साथीलाई लात लाग्न सक्छ । तर सम्बन्ध नै नराम्रो भएको भन्ने सत्य होइन । पत्रपत्रिकामा त बोलचालै छैन पनि भनेर पनि आयो । एउटै कार्यक्रम गर्ने मान्छे, एउटै स्टेजमा उत्रेर दर्शक हासाउने मान्छे नबोलेर पनि कतै सम्बन्ध होला ।

० हाँस्य कलाकारले नामसंगै दाम पनि उत्तिकै कमाएका छन, कतिको कमाइयो त ?
- हामीले हाँस्य क्षेत्रमा प्रवेश गरेको बेलादेखि नै हाँस्य सिरीयललाई दर्शकले मन पराइदिनु भयो । स्टेज कार्यक्रम पनि पाइयो, त्यही भएर पनि होला नामसंगै आर्थिक रुपमा पनि सन्तुष्ट हुने अवस्था छ ।

० हाँस्य कलाकार नबन्नु भएको भए के बन्नु हुन्थ्यो ?
- कलाकार नबनेको भए पत्रकार बन्थे । मैले केही समय पत्रिकामा पनि लेखे । म पत्रकारीताकै विद्यार्थी ह़ु ।

० छोटो अवधिमै ठुलो सेलिब्रेटी हुनुभयो केटीहरु कतिको पछि लाग्छन ?
- केटीहरु पछि लाग्नु स्वभाविक हो । मेरो फ्यानहरु प्रशस्तै छन, तर मेरो कला मन पराएर मलाइ मन पराउने छन् ।

० तपाई चाही केटीको पछि कतिको लाग्नुहुन्छ ?
- म कला क्षेत्रबाट केही गर्नुपर्छ भनेर यस क्षेत्रमा लागेको मान्छे हुँ । एक त विवाहित अर्को कुरा कुनै केटीको पछि कहिल्यै लागिन । मेरो नेचर त्यस्तो छैन ।

० तपाई निर्देशक पनि हुनुहुन्छ, केटीहरु कलाकार बनाइदिनुपर्‍यो भनेर भन्दैनन् ?
- हो, यस क्षेत्रमा लाग्ने धेरै जसो त्यस्ता केटीहरु पनि हुन सक्छन् । अरुले भनेको पनि मैले सुनेको छु, तर केटीका मामलामा म पछि नै छु । यो क्षेत्रमा मलाई केटीको मामिलामा कसैले ओला ठड्याउन पनि सक्दैन ।

Incoming search terms:

13 Responses to “धुर्मुस (सीताराम कट्टेल) – ‘केटीको पछि कहिल्यै लागिन’”

  1. [...] Assembly to draft the Constitution. Featured are: Magne Budha (Kedar Ghimire), Dhrumus (Sitaram Kattel), Bandre (Suraj Chapagain), Suntali (Kunjana [...]

  2. rajon toto says:

    WE like so march meri Bassai

  3. kamal thapa says:

    friend ship

  4. bhagawan says:

    friendship me

  5. dhani datt awasthi madrasindia says:

    bast of lak dai

  6. krishna khatri says:

    hi sita ram and suntu
    ma tapai sanga sangai basera tea khana man lage ko chhha ha ha ha

  7. Deepak Dhami says:

    Suntali madam Pani namaste bhhanchhu ma ok ani hajur lai pani namaste.

  8. Deepak Dhami says:

    Hi dhurmus Sir Bhhanchhu ma.

  9. dhakal says:

    kathi kachi nakai chune

  10. ramchandra.sapkota says:

    Hello.dhurmus.Dai.namaste.vanchu.ma.ha.ha.

  11. Sumit yogi says:

    I love you dhurmus dada your acting best lagyo

  12. Kishan lama says:

    Hello dhurmush solta tapai lai suntali sanga acting garda………………?

Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

© 2012 SerialSansar - Nepali TV serials Privacy Policy of Serial Sansar