Nepali comedy serial broadcasted in Nepal TV on Feb 18, 2010
Part 1


Part 2

Part 3

Incoming search terms:

No Responses to “Tito Satya – Feb 18, 2010”

  1. dhurmus says:

    मान्छे हौ भने
    तिमी
    खोल आँखा
    यो संसारलाई
    तिमीले नहेरी हुदैन,
    ईश्वर हौ भने
    तिमी
    चिम्ल आँखा
    यो संसारलाई
    हेर्ने साहस तिमीमा छैन ।

    विभत्स यो संसार !
    मान्छे
    हेरेर रमाइरहेछ
    ईश्वर,
    हेर्न डराइरहेछ ।

    सधै‌व्युँझिएको
    मान्छे सामू
    सधैं आँखा चिम्लिएको ईश्वर
    निदाएको हैन
    डराएको मात्र हो !

    123

  2. dhurmus says:

    यात्रामा निस्कन लाग्दा
    आफ्नो अगाडि लमतन्न बाटो देखेर
    प्राय, म संझने गर्छु
    मैले छोडेका बाटाहरुको बारेमा।

    म थुप्रै बाटाहरु हिंडे
    हिंडदा-हिंडदै, थुप्रै बाटाहरुलाई
    बाटामै छोडेर
    म आफ्नै बाटो तिर लागें;
    कुनै बाटा म तिर आए
    कुनै बाटा अर्कै तिर लागे।

    मेरो एक ईशारामा
    मलाई बुई बोकेर
    एउटा ठाउँ देखि अर्को ठाउँ सम्म पुर्याउन आतुर
    मैले नहिंडेका ती बाटाहरु
    कहिलेकाहिं
    मेरो मन भित्र हिड्ने गर्छन।

    मैले छोडेका, नहिंडेका बाटाहरु
    काहाँ सम्म पुगे होला,
    कुनै गन्तव्यमा
    पुगे कि पुगेनन् होला,
    कुनै अर्को जोडि खुट्टाले
    उनिहरुलाई आंफु संगै
    लगे कि लगेनन् होला;
    प्राय, म संझने गर्छु
    मैले छोडेका बाटाहरुको बारेमा।

    घाँसले विस्तारै-विस्तारै चारैतिरबाट
    छेक्तै-छेक्तै छोप्तै-छोप्तै ल्यायो कि,
    वा, पुरिए कि पहिरो मुनि परेर
    वा, अझै बाटो हेरिरहेका छन्
    फर्किन्छ कि भनेर, र
    पर्खिरहेका छन् मलाई
    मैले नहिंडेका ती बाटाहरु।

    यात्रामा निस्कन लाग्दा
    आफ्नो अगाडि लमतन्न बाटो देखेर
    प्राय, म संझने गर्छु
    मैले छोडेका
    बाटाहरुको बारेमा।

Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

© 2012 SerialSansar - Nepali TV serials Privacy Policy of Serial Sansar